सोमबार, ११ अगस्ट २०२५

विपन्नलाई साबुन वितरण

रासस

रासस

चिप्लेढुङ्गा
News Image
• • •

पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आबद्ध विपन्न समुदायका दुई सय घरपरिवारलाई साबुन वितरण गरिएको छ। 

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सफाइप्रति सचेत बनाउन साबुन वितरण गरिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले जानकारी दिइन्। 

लेकसाइडमा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उक्त सामग्री उपलब्ध गराएको हो। 

कृष्ण टोल विकास संस्था र कृष्णटोल आमा समूहको संयुक्त पहलमा प्रत्येक घरघरमा  शनिबार साबुन वितरण गरिएको कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन्। 

उनले सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरेर घरबाहिर ननिस्कन पनि सचेत गराइएको बताइन्।

आइतबार, चैत्र १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)