आइतबार, ०३ अगस्ट २०२५

कोरोनाविरूद्ध लड्न बेलायतमा उत्रिए गोर्खाली सेना

News Image
• • •

कोरोना भाइरसविरूद्ध लड्न बेलायतले आफ्नो सेनामा कार्यरत गोर्खा राइफललाई अगाडि सारेको छ। 

बेलायती सेनामा कार्यरत रोयल गोर्खा राइफलले बेलायतमा कोरोना भाइरसविरूद्ध एनएचएस नाइटिङ्गेल अस्पताल निर्माणको जिम्मा पाएको छ। यो अस्पताल पूर्वी लन्डनको क्यानिङ टाउनमा ४ हजार बेड क्षमताको आकस्मिक सेवा सहितको निर्माण भइरहेको छ। 

६ सय मिटर लम्बाई ८७ हजार ३ सय २८ स्क्यावर मिटरमा फैलिएको निर्माणधीन अस्पताल यसअघि प्रदर्शनी र कन्फ्रेन्समा प्रयोग हुँदै आइरहेको थियो। यहाँ जी–२० देशको सभा तथा लन्डन–२०१२ को ओलम्पिकको केही कार्यक्रम आयोजना भएको थियो। 

एनएचएसका कार्यकारी प्रमुख सर सिमोन स्टिभेन्सले निमार्णाधीन नयाँ अस्पतालको विषयमा भने, ‘धेरै कम समयमा ठूलो काम भएको छ।’
 

आइतबार, चैत्र १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)