
महेश नेपाली
जुम्लामा कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’ काठमाडौं पठाउने तयारी भइरहेको छ।
चार दिनदेखि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका दुई जना बिरामी तथा तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एकएक जना गरि चार जनाको ‘स्वाव’ नमुना परिक्षणका लागि काठमाडौं पठाउन लागिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।
‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाव संकलन भएको छ,’उनले भने, ‘सोमबार नै एम्बुलेन्सबाट स्वाव नेपालगन्ज पठाउने छौं।’ मंगलबार नेपालगन्जमा काठमाडौंदेखि जहाज नमुना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमुना पठाउन लागेको उनले जानकारी दिए।
कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ। जुम्लामै कोरोनाको नमुना परिक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।
‘जुम्लामा भारतबाट आएकाहरुको संख्या अधिक छ। निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन्। धेरै जनाको कोरोना परिक्षण गर्नुपर्ने देखिन्छ। अहिले हामीसँग स्वाव संकलन गर्ने भिटिएम १० पिस मात्रै छ। ४ जनाको नमुना परिक्षणका लागि आजै स्वाव संकलन गरि नेपालगन्ज पठाउन लागेका छौ । अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट छ। जुम्लालाई नमुना परिक्षण अस्पताल बनाउन जरुरी छ,’ उनले भने।
जुम्लाका सबै स्थानीय तहले क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रतिष्ठानमा एक सय २० वेडको आइसोलेसन वाड तयार गरिएको छ। शुक्रबार मात्रै प्रतिष्ठानका रजिष्ट्रार काफ्ले लगायतको टोलिले स्वास्थ्य मन्त्रालयको सहकार्यमा १० वटा ‘स्वाव’ संकलन किट ल्याएका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया