
बिएल संवाददाता
इटाली र स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या लगातार बढ्दो क्रममा छ। इटालीमा संक्रमण र मृत्युदर केही कम भए पनि भयावह नै रहेको छ।
पछिल्लो २४ घण्टामा स्पनेमा ९२३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३८७ पुगेको छ। ८ हजार १९५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या स्पेनमा एक लाख चार हजार ११८ पुगेको छ।
यस्तै इटालीमा पछिल्लो २४ घण्टामा थप ७२७ जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या १३ हजार १५५ पुगेको छ। नयाँ संक्रमित चार हजार ७८२ थपिएपछि इटालीमा संक्रमितको संख्या एक लाख १० हजार ५७४ पुगेको छ।
गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको चीनमा भने पछिल्लो केही दिनयता संक्रमण तथा मृत्यु हुनेको संख्या थपिएको छैन। चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५५४ र मृत्यु हुनेको संख्या ३३ सय १२ रहेको छ।
विश्वभर अहिलेसम्म कोरोनाका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ। यस्तै अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३५ हजार ११४ रहेको छ। यसैगरी अहिलेसम्म एक लाख ९३ हजार ९८९ जना निको भएर घर फर्किएका छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया