भावनामा ओतप्रोत देशप्रेम र सरकारको सामर्थ्य

नेपालन्यूज

काठमाडौँ

सगुनसुन्दर लावती

कोरोना प्रकोपले विश्वलाई हल्लाएको छ। मानव इतिहासमा निश्चय पनि यो साधारण समय होइन। दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा संकटपूर्ण समयक्रम हो यो। आम स्वास्थ्य, सुरक्षा र अर्थतन्त्र मात्र नभएर, प्रकृतिसँगको सम्बन्ध कै विषयमा पूनरावलोकन गर्न बाध्य तुल्याएको छ, कोभिड-१९ महामारीले मानव जगतलाई। ठूलाभन्दा ठूला देशहरू कोरोना भाइरस संक्रमणको प्रभावमा झुक्नु परेको बेला नेपाल पनि पृथक रहन सक्ने प्रश्नै भएन। किनकी विदितै छ, कोरोना भाइरसले धनी, गरिब, नश्ल, जाति, सबल, दुर्बल, लिङ्ग, सीमाना, केही छुट्याउँदैन रहेछ। यसैको प्रतिफल नेपाल अहिले बन्दाबन्दीमा छ।

संकटकालीन समयमा आमनागरिकले सरकारको प्रयासलाई सहयोग गरेकै छन्। यद्यपि, ढिलासुस्ती र कमी कमजोरी सरकारबाट पटक–पटक भएको छ। संक्रमणको महामारी एकप्रकारले युद्धमोर्चा नै हो। विशेष गरेर अंग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूले ठूलो जोखिम मोलेका हुन्छन्। कोरोनाविरुद्दको सङ्घर्ष बस्तुतः तिनमै निर्भर रहन्छ। तिनको तयारी र सुरक्षा आपतकालीन अवस्थामा यसकारण महत्वपूर्ण हुन्छ।

प्रकाशित मिति: : 2020-04-03 19:40:31

प्रतिकृया दिनुहोस्