बिएल संवाददाता
भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्वकप अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरसले भारतलाई समेत प्रभावित पारेपछि फुटबल प्रतियोगिता स्थगित गरिएको हो।
यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो। भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो ।
प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ।
यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् ।
यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ।
यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया