बिएल संवाददाता
भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्वकप अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरसले भारतलाई समेत प्रभावित पारेपछि फुटबल प्रतियोगिता स्थगित गरिएको हो।
यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो। भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो ।
प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ।
यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् ।
यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ।
यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया