कोबी बास्केटबल हल अफ फेम सूचीमा

एजेन्सी

काठमाडाै‌ं

अमेरिकन बास्केटबल स्टार कोबी ब्रायन्टलाई एनबीएको हल अफ फेम सूचीमा राखिने भएको छ। बास्केटबलमा गरेको योगदानको कदर गर्दै कोबी लगायतला हल अफ फेममा राखिने भएको हो।

कोबीसँग ८ जनाको सूची शनिवार सार्वजनिक भएको हो। जसमा टम डकन केभिन डुरान्ट पनि छन्।

हल अफ फेम ड जेम्स नइस्मथिको नामबाट प्रदान गरिँदै आएको छ। क्यानडियन फिजिसियन नइस्मिथले बास्केटबलको शुरुवात गरेका थिए।

पाँच पटक एनभिए च्याम्पियन बनेका ४१ वर्षीय कोबीको गत जनवरीमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। जसमा उनको १३ वर्षीय छोरी जियानासहित अरु ७ जनाको पनि मृत्यु भएको थियो।

लस एन्जल्स लेर्कसका लिजेण्ड कोबीले सन् २०१६ मा सन्यास लिएका थिए। उनी सन् २००८ मा एनबीए मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका थिए। २० वर्ष लेकर्सका लागि खेलेका कोबीले पाँच पटक एनभीए उपाधि जितेका थिए। यस्तै कोबीले ओलम्पिकमा पनि अमेरिकाको लागि दुई पटक स्वर्ण जितेका थिए।
 

प्रकाशित मिति: : 2020-04-05 12:00:13

प्रतिकृया दिनुहोस्