यी हुन् बेलायतमा अलपत्र परेका १९ नेपाली डाक्टर

बेलायतको मेडिकल काउन्सिल परीक्षा दिन लण्डन आइपुगेका १९ नेपाली डाक्टर कोरोना महामारीका कारण लण्डनमा अलपत्र (लन्डनमा १९ नेपाली डाक्टर अलपत्र) परेका खबर बिएल नेपाली सेवाले आइतबार बिहान सार्वजनिक गरेकाे थियाे। ती चिकित्सक काे–काे हुन्, यसकाेे पनि खुलासा भएकाे छ। (डाक्टरहरुकाे नाम तल हेर्नुहाेस्।) 

बिएल नेपाली सेवालाई प्राप्त जानकारी अनुसार ती डाक्टरहरु बेलायतकाे जनरल मेडिकल काउन्सिल (जीएमसी) काे परीक्षा दिन भिन्दाभिन्दै समयमा बेलायत आएका थिए। उनीहरु नेपालकाे बेग्लाबेग्लै अस्पतालमा कार्यरत छन्। बेलायत आएका अधिकांश डाक्टरले परीक्षा दिए पनि फेब्रुअरीको अन्त्यमा आएका पाँच जनाको समुह ‘लकडाउन’ का कारण परीक्षामा सहभागी हुन पाएन्।

‘हामी परीक्षाको तयारी क्लासहरु गर्दै थियौ, परीक्षा नै स्थगित भएको खबर आयो’, सहभागी एक डाक्टरले बिएल नेपाली सेवासँग भने। तर, गत बर्षको अन्त्यमा आएर यो बर्षको जनवरीमा परीक्षामा सहभागी भएका कतिपए डाक्टरको रिजल्ट भने आइसकेको छ। उनीहरु रिजल्टपछि वर्क परमिटका लागि आवेदन बुझाएर फर्किने तयारीमा थिए।

अन्य देशमा जस्तै बेलायतमा पनि मेडिकल क्षेत्रमा काम गर्न चाहने डाक्टरले जनरल मेडिकल काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ । गैर बेलायतीको हकमा उनीहरुले काउन्सिल परीक्षा पास गरिसकेपछि यहाँको गृह मन्त्रालयमा काम गर्ने अनुमतिका लागि निवेदन दिनुपर्ने हुन्छ । जुन अन्यको तुलनामा डाक्टरलाई सजिलो छ र उनीहरुले वर्क परमिट पाउन त्यती झन्झटिलो छैन ।

यि सबै प्रकृया पुरा गरेको ६ बर्षपछि उनीहरुले बेलायती नागरिकता प्राप्त गर्ने हैसियत बनाउँछन्। अहिले कोरोनाले अलपत्र सबै १९ नेपाली डाक्टर यही प्रोसेसको लागि यहाँ आएका थिए ।

उनीहरु बेलायतको जीएमसी परीक्षा दिन आएको कुरा न त नेपाल सरकारको जानकारीमा छ, न उनीहरु कार्यरत कुनै संस्थालाई थाह छ। उनीहरु सबै जना सामान्य छुट्टी मिलाएर भिजिट भिषामा यहाँ आएका थिए। 

डाक्टरहरुको नामावलीः 

डा. अमिर अवाल
डा. सञ्जय थापा
डा. सुमन चौलागाई
डा. आशिष निरौला
डा. बेनिसा जाबेगु
डा. अञ्जना थापामगर
डा. एलोज श्रेष्ठ
डा. ओर्जोराज श्रेष्ठ
डा. स्नेहा बिष्ट
डा. अनुश्रृति बिष्ट
डा. रिपाक पुर्बा
डा. सुजानी श्रेष्ठ
डा. सोनु बस्नेत
डा. निमा महर्जन
डा. पिंकी महर्जन
डा. जिवन खड्का
डा. संक्षम केसी
डा. अमृत गुरुङ
डा. अनुषा श्रेष्ठ

प्रकाशित मिति: : 2020-04-06 06:10:00

प्रतिकृया दिनुहोस्