अमेरिकन आइडलको टप २० मा प्रवेश गरे दिवेश

अमेरिकन आइडलमा दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन्। आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन्।

‘अर्थर गन’को नामबाट परिचित नेपाली ठिटो दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन्। अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन्।

दिवेशले हजारौ दर्शकको उपस्थितीमा टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा धमकेदार प्रस्तुती दिएका थिए। उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए।

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो। तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन्। दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ।’

आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन्। आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ। उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन्।

दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिन्छ। यसको लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज दिएको छ। यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्डसम्म पुग्न सहयोग पुग्नेछ। दिवेशले आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अनुरोध गरिदिन समेत आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-04-06 10:20:11

प्रतिकृया दिनुहोस्