वीरगन्ज र जनकपुरमा कारोना परीक्षण ल्याब चाँडै सञ्चालन हुनेः मुख्यमन्त्री राउत

प्रदेश २ सरकारले वीरगन्जमा कोरोनाको परीक्षण र उपचार गर्ने छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुख्य नाका वीरगञ्जमा परीक्षण र उपचार गर्ने जनकपुर र वीरगञ्जमा अस्पताल निर्माण गर्न लागिएको हो। 

सांसद, मेयर र चिकित्सकको टोलीसँगको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जप्रति आफू सम्बेदनशिल रहेको बताउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागि  पीसीआर मेशिनसहितको परीक्षण ल्याब तथा रोगको उपचारको लागि अस्पताल संचलन गर्ने व्यवस्था भइरहेको बताए। 

कारोना रोगको परिक्षण पीसीआर ल्याब, स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीई लगायतका सामग्री तथा छुटै कोभिड अस्पताल संचालन गर्नको लागि आइतबार बिहान सांसद प्रदीप यादवले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

मुख्यमन्त्री राउतबाट नारायणी अस्पतालका चिकित्सकहरुका लागि लगभग ४० थान पीपीई,मास्क र ग्लब्स लगायतका सामग्रीहरु सोमबार साँझसम्म पुग्न  र रोगको परिक्षण तथा उपचारको लागी पीसीआरसहितको ल्याब यथाशिघ्र संचालन गर्ने आश्वासन पाएको सांसद यादवले बताए। 

‘वीरगञ्जको सबै आवश्यकताको बारेमा आफूहरूले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराएका छौं’, उनले भने, ‘उहाँहरूले कोरोना रोग संक्रमण नियन्त्रणका लागि जनकपुर तथा विरगञ्जलाई प्राथमिकतामा राख्नु भएको रहेछ।’

वीरगञ्जबाट जनकपुरमा गएको टोलीमा सांसद यादव, नगर प्रमुख सरावगी, नारायणी अस्पतालका निमित्त मेसु डा मदन उपाध्याय, अस्पतालका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति डाक्टर उदयनारायण सिंह सहभागी थिए । 

प्रकाशित मिति: : 2020-04-06 17:04:53

प्रतिकृया दिनुहोस्