एजेन्सी
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आमाको मृत्यु भएको छ।
गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षको उमेर आइतबार बार्सिलोनामा मृत्यस भएको हो।
सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ।
सिटीली जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘म्यानचेस्टर सिटी परिवार प्रशिक्षक पेप गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियोको मृत्युको दुखद घडीमा छ। क्लबसँग सम्बद्ध सबैको तर्फबाट यो उनको परिवार र साथीलाई समवेदना प्रकट गर्दछौं।’
स्पेन कोरोनाका कारण निकै असर परेको राष्ट्रमा पर्दछ। हालसम्म स्पेनमा १३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख ३५ हजारमा संक्रमण देखिएको छ। ४० हजार संक्रमित भने ठिक भैसकेका छन्।
गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए। त्यसपछि प्रशिक्षकका रुपमा बार्सिलोनामा सफल रहेका उनी बायर्न म्युनिख हुँदै सिटी आएका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया