 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                काेराेना भाइरस (काेभिड १९) ले विश्वभर महामारीको रूप लिन लागेको भन्दै भारतीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वेच्छिक गरेकाे खबरमा उल्लेख छ।
उक्त रकम केन्द्र सरकारले कोभिडविरुद्धको अभियानमा खर्च गर्नेछ। यो अभियानमा केन्द्र सरकारले सांसदको तलब पनि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ।
त्यसैगरी आउँदो दुई वर्षका लागि संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकम पनि कटौती भएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन् ।
याे कटाैती २०२० अप्रिल १ तारिखदेखि लागू हुने र वर्ष २०२०-२०२१ सम्म रहने जावडेकरले जानकारी गराए। उनीहरुले प्राप्त गर्ने भत्ता पनि कटाैती गरिने भएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट १ सय ३६ जनाको ज्यान गइसकेको छ।
सोमबार १ सय ९ जनाको मृत्य भएको भारतमा एकै दिनमा थप २७ जनाको मृत्यु भएको हो। कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ। तर तीव्र रुपमा संक्रमण फैलिइरहेको छ।
भारतका कोरोना संक्रमितमध्ये ४७ प्रतिशतको उमेर ४० वर्षभन्दा कम छ। ३४ प्रतिशत ४० देखि ६० उमेर समूहका छन् भने ६० माथिका १९ प्रतिशत मात्र छन्। संक्रमितमध्ये ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिला छन्।
३० राज्यमै कोरोनाको संक्रमण फैलिएको छ । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण फैलिएको छ। त्यहाँ संक्रमितको संख्या ८ सय ६८ पुगिसकेको छ। संक्रमितहरुमा २६ जना नर्स छन् भने तीन जना डक्टर पनि कोरोना संक्रमणमा परेका छन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया