अमेरिकामा बन्दुक व्यापारको नयाँ कीर्तिमान, एकैदिन दुईलाख १० हजार बिक्री

अमेरिकामा कोरोना संक्रमितको संख्याले कीर्तिमान बनाइरहेको बेला बन्दुक किन्नेको संख्याले पनि नयाँ कीर्तिमान बनाइरहेको छ।

अमेरिकी फेडरल व्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का अनुसार मार्च २१ मा एकै दिन दुई लाख १० हजारले बन्दुक किन्नका लागि आफ्नो पृष्ठभूमि चेक गराए। सन् १९९८ यता अमेरिकामा बन्दुक किन्नुअघि एफबीआइबाट पृष्ठभूमि चेक गराउनु पर्छ। एफबीआईले पृष्ठभूमि चेक गर्न थालको बितेको २२ वर्षमा एकै दिन यति धेरै अमेरिकीले बन्दुक किन्न पृष्ठभूमि चेक गराएको यो पहिलो पटक हो। यस वर्षको मार्च महिनामा ३७ लाख अमेरिकीले बन्दुक किनेको तथ्यांक पनि एफबीआईले सार्वजनिक गरेको छ। 

बन्दुक किन्नेमा सबैभन्दा बढी इलिनोय राज्यमा देखिएका छन्। यो राज्यमा मात्र पाँच लाख बन्दुक बिक्री भएका थिएो त्यसपछि  टेक्सास, केन्टकी, फ्लोरिडा, र क्यालिफोर्नियामा बढी बन्दुक बिकेका थिए।

यसअघि सन् २०१५ को डिसेम्बरमा ३३ लाख बन्दुक बिक्री भएका थिए। त्यतिबेला क्यालिफोर्नियाको स्यान बर्नार्डिनोमा भएको मास सुटिङपछि ओबामा प्रशासनले बन्दुक किन्न प्रतिबन्ध लगाउने सम्भावना बढेपछि बन्दुक किन्नेको संख्या अत्याधिक बढेको थियो।

अहिले अमेरिकामा दुईखाले परस्पर विरोधी सोच विकास भैरहेको छ। एक खालका मानिस राष्ट्रपति ट्रम्प निरंकुश र बलियो बन्दै गएकोले उनको प्रतिवाद गर्न बन्दुकको सहारा खोजिरहेका हुन सक्छन्, अर्काखाले मानिस ट्रम्प कमजोर गएकाले त्यसपछि आउने डेमोक्रेट राष्ट्रपतिले बन्दुक किन्न दिदैनन् भन्ने आशंका पालिरहेका छन्। 

अमेरिकी समाजशास्त्रीहरू संकटको यो बेला अमेरिकीहरू बन्दुक किन्नतिर लागेको देखेर हैरान छन्। आखिर किन अमेरिकीहरू यति धेरै बन्दुक किनिरहेका छन् त ? यस प्रश्नको उत्तर सहज छैन । समाजशास्त्रका एक प्राध्यापक डा. मार्टी कोनेल भन्छिन्, 'यसका दुई कारण हुन सक्छन्। पहिलो त कोरोनापछि समाजको शान्ति सुरक्षामै समस्या आउन सक्छ भन्ने भय हो। दोस्रो, त्यसपछि बन्दुक किन्न प्रतिवन्ध लाग्न सक्छ भने आशंका हो।'

उनले पछिल्लो अमेरिकी समाजको चरित्र चित्रण गर्दै अगाडि भनिन्, 'अहिले अमेरिकामा दुईखाले परस्पर विरोधी सोच विकास भैरहेको छ। एक खालका मानिस राष्ट्रपति ट्रम्प निरंकुश र बलियो बन्दै गएकोले उनको प्रतिवाद गर्न बन्दुकको सहारा खोजिरहेका हुन सक्छन्, अर्काखाले मानिस ट्रम्प कमजोर गएकाले त्यसपछि आउने डेमोक्रेट राष्ट्रपतिले बन्दुक किन्न दिदैनन् भन्ने आशंका पालिरहेका छन्।' 

उनले अमेरिकीमा बन्दुक प्रेम हुनुको पछाडि यसको ऐेतिहासिक पृष्ठभूमि पनि भएको बताइन् । उनका अनुसार अमेरिका शान्तिले भन्दा युद्धले बनाएको देश हो। कुनै पनि बेला युद्ध हुन सक्ने भय अमेरिकीमा छ। यो मनोविज्ञानले पनि अधिकांश अमेरिकी बन्दुकलाई आफ्नो भरअबरको साथी ठान्छन्। 

 

प्रकाशित मिति: : 2020-04-07 23:17:13

प्रतिकृया दिनुहोस्