वीरगञ्ज नगर क्षेत्रमा छर्किेयाे किटनाशक औषधि (फाेटाे फिचर)

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न  वीरगञ्ज नगर क्षेत्रमा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किेएको छ। महानगरपालिका १० आर्दशनगर हुँदै भन्सार एरिया, रेल्वेरोड, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका स्थानमा किटनाशक औषधि छर्किएको हो। 

कोरोनाविरुद्धको ‘लडाई हाम्रो साझा अभियान’ अन्तर्गत वीरगञ्ज नगर एरियाको हरेक वडाहरुमा निःशुल्क सोडिम कोलोराईड मिसाईएको किटनाशक औषधि छर्किने अभियान शुरु भएको साहिब दरबार सेवा संंस्था नेपालका संयोजक राजेशमान सिंहले बताए। 

हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौँ , भिडभाड स्थानमा नजाऔँ सुरक्षा शतकर्ता अपऔँ, कोरोननबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मूल नाराका साथ वीरगञ्ज नगर क्षेत्रमा किटनाशक औषधि छर्किेएकाे उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-08 22:50:20

प्रतिकृया दिनुहोस्