रासस
यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ। तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन्।
स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा राखेको छ। सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए।
एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति रु २५० प्रतिदिनको सुविधा प्रदान गरेको छ। ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन्। प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन्।
प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए।
३ प्रतिशत मात्रै क्वारेन्टाइनमा
जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन प्रतिशत मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा छन्। जिल्लामा भित्रिएकाहरुलाई केही स्थानीय तहले न्यून संख्यामा क्वारेन्टाइनमा राखेका छन् भने बाँकी स्थानीय तहमा क्वारेन्टाइनमा रहेको संख्या शून्य छ।
जिल्लामा भारत, कतार, मलेसिया, यूएईलगायत देशमा रोजगारको सिलसिलामा गएकाहरु बुधबारसम्म दुई हजार ९३० जना भित्रिएको तथ्यांक छ। त्यसमध्ये पाँच जना कोरोना विशेष अस्पताल बेल्झुण्डी, दाङको आइसोलेशनमा तथा ८६ जना सुरक्षित रुपमा क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
जिल्लाबाट हालसम्म सात जनाको स्वाब परीक्षणको नमूना पठाइएकामा दुई नेगेटिभ रिर्पोट आएको छ भने बाँकी ५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल बेलझुण्डीमा पठाइएकामा रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया