बुधबार, २७ अगस्ट २०२५

तातोपानी नाका तीन महिनापछि सञ्चालनमा

बिएल संवाददाता

बिएल संवाददाता

सिन्धुपाल्चोक
News Image
• • •

नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो।

कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ।  अत्यावश्यक सामग्री आयात गर्न  नाका खोलिएको उनले बताए।

बिहिबार, चैत्र २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)