
बिएल संवाददाता
गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्यापिड टेस्ट आरुघाट गाउँपालिका–५ निवासी ३१ वर्षीय एक युवकको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।
ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल फर्किएका थिए ।
र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको उनले बताए। उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको अर्यालले बताए।
उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया