
बिएल संवाददाता
बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर गएकी छिन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि शनिबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
चैत ४ गते बेल्जियमबाट कतार हुदै बाग्लुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
कोरोना संक्रमण भएको पुष्टी भएपछि धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेशन वार्डमा उपचार गराउँदै आएकी महिलालाई शनिबार साँझ डिस्चार्ज गरी घर पठाइएको हो ।
उनलाई दुई हप्तासम्म घरमै क्वारेन्टिनमा बस्न भनिएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।
डिस्चार्ज भएपछि अस्पताल बाहिर निस्कँदै ति महिलाले रोगलाई जित्ने आत्मबल बढाएको भन्दै डाक्टरहरुले आफूलाई राम्रो ख्याल गरेको बताईन् ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया