यसरी ताइवान कोरोना नियन्त्रणमा सफल छ

नेपालन्यूज

काठमाडाै‌ं

ताइवान दृढताको टापु हो, शताब्दीयौँदेखिको कठिनाइले हाम्रो समाजलाई अप्ठेरो परिस्थितिमा पनि जिउन, लड्न र बाँच्न सिकाउँछ। हामीले राष्ट्रका रूपमा यस्तो अप्ठेरो परिस्थितिसँग जुध्ने बाटो भेटेका छौँ, र यो कोभिड–१९ कुनै फरक चीज होइन।

भाइरसको उच्च सङ्क्रमण दर भएता पनि र यसको उद्गम मानिएको उहान सहर हामीभन्दा नजिक भए पनि यस महामारीको ठूलो प्रकोपबाट हामी बच्यौँ। आजसम्म ताइवानमा ४२० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ।

यो सफलता कुनै आकस्मिक होइन– स्वास्थ्यकर्मी, सरकार, निजी क्षेत्र र जनसमुदायले देशको सुरक्षा सुनिश्चित गरेको हो। सन् २००३ को सार्स महामारीको दर्दनाक पाठले हाम्रो सरकार र जनतालाई चाँडै नै सतर्क बनाएको थियो।

गत डिसेम्बरमा जब पहिलोपटक यस्तो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग चीनमा देखियो, हामीले उहानबाट आएका सबै यात्रुहरूलाई निरीक्षण गर्न सुरु गर्‍यौँ। जनवरीमा हामीले रोकथामका सबै उपाय अपनाउन केन्द्रीय महामारी आदेश केन्द्र गठन गर्‍यौँ र यससँगै यात्रा प्रतिबन्ध तथा उच्च जोखिमका यात्रुहरूलाई क्वारेन्टाइनको नियम लगायौँ।

मीबीचका तीक्ततालाई मानवीय हितका लागि अहिले बिर्सनुपर्छ र विश्वका सबैजनाले कोभिड–१९ विरुद्ध आवश्यक रूपमा संयुक्त प्रयास गर्नुपर्छ।

 

पहिलोपटक २१ जनवरीमा ताइवानमा पहिलो कोभिड–१९ सङ्क्रमण भेटिएपछि प्रत्येक सङ्क्रमितको ट्राभल हिस्ट्री (यात्रा र सम्पर्क इतिहास) पत्ता लगाउन, सङ्क्रमितलाई आइसोलेसनमा राख्न र ठूलो महामारी रोक्न हामीले ठूलो मिहिनेत गर्‍यौँ।

स्वास्थ्य मन्त्री चेन शी–चुङको नेतृत्वमा जनस्वास्थ्यकर्मी तथा सुसूचित नागरिकले आ–आफ्नो प्रयास जारी राखे। निजी व्यवसाय, कम्पनी र समुदायले सुरु गरेका शारीरिक तापमान परीक्षण तथा विसङ्क्रमणका कार्यहरूले सार्वजनिक स्थानमा सरकारी प्रयासलाई साथ दियो।

प्रकाशित मिति: : 2020-04-20 09:25:01

प्रतिकृया दिनुहोस्