प्रेमिका बनाएर सामूहिक बलात्कार, तीन महिनापछि बाहिरियो घटना

मिका बनाएर मोरङको बूढीगंगा गाउँपालिकाकी १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको छ।
प्रहरीकाअनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर सामूहिक बलात्कार गरेको घटना लामो समयसम्म गुपचुप रहेको थियो।

गत माघ १५ गते राति बलात्कारमा संलग्नमध्ये एक युवा आएर बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो।घटना बाहिरिएपछि बलात्कारमा संलग्न बूढीगंगा–६ का २० वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, इन्द्र भनिने किशोर राई र लक्ष्मण राईलाई प्रहरीले बुधबारराति पक्राउ गरेको छ।

बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्थे।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ।

प्रकाशित मिति: : 2020-04-23 12:25:44

प्रतिकृया दिनुहोस्