बुधबार, २७ अगस्ट २०२५

सीआईबी प्रमुख सहकुल थापाले सम्हाले कार्यभार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । 

शुक्रबार उनले सो जिम्मेवारी सम्हालेका हुन् ।

सीआईबीमा यसअघि निरजबहादुर शाहीले प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी सरूवा भएर प्रहरी केन्द्रीय कार्यालयमा गएपछि सीआईबीको जिम्मेवारी थापाको काँधमा आएको हो 

 यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख रहिसकेका थापाले नयाँ जिम्मेवारीले आफूलाई उत्साहित बनाएको बताए ।

‘कानूनको परिधिमा रहेर, संगठनको इज्जत राखेर उच्च मनोबलका साथ काम गर्नेछु,’ जिम्मेवारी सम्हालेपछि थापाले भने ।

शुक्रबार, बैशाख १२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)