महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

नेपालन्यूज

काठमाडौँ

प्रेमबहादुर सिंह

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो। मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ। पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ।

वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन्। आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीहरुदेखि कोभिड-१९ को महामारी यसैका उदाहरणहरु हुन्।

'सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन्। तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन्।' (डा. झलक गौतम) कोभिड-१९ महामारी यसैको पछिल्लो कडी हो।

प्रकाशित मिति: : 2020-04-30 18:18:43

प्रतिकृया दिनुहोस्