लकडाउन खुल्नासाथ राइड सेयरिङ सर्भिस ‘लुजुम’ शुरु हुने

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा ‘लुजुम’ नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ। ‘लौ जाऔं’ अर्थात ‘लु जुम’ भन्ने अर्थमा यसको नाम लुजुम राखिएको हो। 

डेनमार्क र अष्ट्रेलियामा अध्ययन गरेर फर्केका युवाहरु प्रतीक सुब्बा र डेनिस कार्की तथा सूचना प्रविधि कन्सल्टेन्ट गुन्जा सुनुवारको समूहले फरक पहिचानका साथ यो सेवा शुरु गरेका हुन्।

जति नै रोमाञ्चक यसको नाम छ, लुजुम त्यति नै सहज र सुविधाजनक पाइने उनीहरु बताउँछन्।

अनलाइन र अफलाइन बुकिङ सेवा दिइ इन्टरनेट वा स्मार्टफोन नभएका यात्रीका लागि पनि सहुलियत सवारी सेवा प्रदान गर्ने मुख्य ध्येय लुजुमको रहेको छ। विशेष गरि अलि प्रौढ उमेरका व्यक्तिहरुले समेत यसबाट फाइदा लिन सक्ने लुजुमले बताएको छ। 

लुजुम कम्युट सर्भिसेस प्रा.लिले निर्माण गरेको लुजुमको मुख्य उद्देश्य नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने रहेको छ। यसका लागि लुजुमले दुई पांग्रे (मोटरसाइकल), तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी (बोलेरोरस्करपियो) जस्ता वृहत सेवाहरू लुजुमले प्रदान गर्ने भएको छ। लकडाउन लगत्तै काठमाडौंमा र अगामी दिनमा विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मुख्य शहरहरूमा लुजुमको सवारी सुचारू हुने भएको छ। 

 विशेष सुविधाहरु –

१. अनलाइन साथै अफलाइन सेवा
अब इन्टरनेटमा जडित नहुँदा पनि तपाईले लुजुमको सवारी सेवा प्राप्त गर्न सक्नुहुनेछ। यात्रीहरूलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले लुजुमले अफलाइन सवारी बुकिंग सुचारू गरेको छ जसमार्फत यात्रीहरूले केवल एक फोन कलको आधारमा सवारी सेवा पाउन सक्नेछन्। लुजुमका प्रेषकहरू तपाईंका लागि उपयुक्त चालकहरूको व्यवस्था गर्न चौबिसै घण्टा खटिएका छन्। फोन बुकिङका लागि यात्रीले ९८०-२३२३२३३/४/५/६ मा सम्पर्क गर्न सक्नेछन्।

२.सुरक्षा कोष
यात्री र पार्टनरको सुरक्षा लुजुमको मुख्य प्राथमिकता भएकोले सम्पूर्ण सवारीको सुरक्षा कोषको व्यवस्था लुजुमले गरेको छ। केही दुर्घटना घटेको खण्डमा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत भरिनेछ।

३.पार्टनर छनोट
महिला यात्रीको थप सुरक्षाको निमित्त सवारी निश्चित गर्नु अघि तपाईंले पार्टनरको लिंक चयन गर्न सक्नुहुनेछ। सो छनोट गर्दा महिला यात्रीलाई सम्भवित हदसम्म महिला पार्टनर नै प्रेषण गर्ने प्रतिबद्धता लुजुमले गर्दछ। 

४.मासिक निःशुल्क सवारी 
लुजुमले आफ्ना यात्रीहरू प्रति आभार व्यक्त गर्दै आफ्ना सबैभन्दा पहिलो ५ प्रतिशत यात्रीलाई ५ वर्षका लागि मासिक रूपमा केही नि:शुल्क सवारी प्रदान गर्दछ। हरेक ६ महिनामा यात्रीहरूको नाम समीक्षा गरिनेछ।   

५.वार्षिक भ्रमण   
लुजुमको सवारी सेवा प्रयोग गरी विश्वव्यापी पर्यटकिय गन्तव्यहरू भ्रमण गर्ने अवसर प्रत्येक महिना एक यात्री वा पार्टनरले पाउनेछन्। लुजुममार्फत सवारी गर्दा तपाईंले विशेष कोड प्राप्त गर्नुहुनेछ जसको सहायताले तपाईंले विश्वभरका विभिन्न पर्यटकिय गन्तव्यहरूको लागि दोहोरो टिकट जित्न सक्नुहुनेछ। 

६. मोबाइल डाटा र इन्धन खर्च
लुजुमले आफ्ना पार्टनरको परिश्रम र समयको कदर गर्दछ। पार्टनरको सहजता र हौसला बढाउने हेतुले लुजुमले केही योग्य पार्टनरहरूलाई आवश्यक पर्ने मोबाइल डाटा र इन्धन खर्च दिने योजना गरेको छ। लुजुममा अब जति धेरै परिश्रम, उति नै धेरै प्रतिफल।

७.बाल शिक्षा
लुजुमले आफ्ना पार्टनर साथै तिनका परिवार सशक्तिकरणमा ध्यान पुर्याउँदछ। हरेक बालकलाई उचित शिक्षाको हक हुँदछ भन्ने धारणा बोकेकाले लुजुमले प्रत्येक महिना सर्वोत्कृष्ट पार्टनरहरू मध्य एकको बालकको शिक्षामा सहायता पुर्याउने पहल लुजुमले गरेको छ। 

८.स्पट बुकिङ 
लुजुमले स्पट बुकिङ भन्ने अर्को नयाँ सुविधा ल्याएको छ जसमा पार्टनरहरूले बाटोबाट तत्कालै यात्रीहरूलाई सवारी दिन सक्नेछन्। लुजुमका सेवाग्राही यात्री नभए पनि सवारी सेवा दिएर पार्टनहरूले थप बोनस पाउन सक्नेछन्। 

लुजुम सधैं आफ्ना सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा दिन र समयको मागअनुसार आफ्ना सुविधाहरूको विकासमा तत्पर हुने संस्थापकको दाबी छ। यात्रीलाई सहुलियत सुविधा र पार्टनरलाई थप अवसरहरू दिने निरन्तर प्रयास लुजुमको रहने बताइएको छ।

प्रकाशित मिति: : 2020-05-01 19:36:24

प्रतिकृया दिनुहोस्