एजेन्सी
मध्यक्रमका ब्याट्सम्यान उस्मान ख्वाजाको सम्झौता नवीकरण नहुँदा अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क छक्क परेका छन्। क्रिकेट अस्ट्रेलियाले शुक्रबार सार्वजनिक गरेको खेलाडीहरूको बार्षिक सम्झौता पत्रमा उस्मानको नाम थिएन।
यसको लगत्तै क्लार्कले उस्मानलाई सम्झौताबाट बाहिर राख्ने बोर्डको निर्णयप्रति आश्चर्य जनाएका थिए।
बोर्डले यस वर्ष आयोजना हुने आइसीसी टि–२० विश्व कपलाई ध्यानमा राखेर सम्झौता बनाएको जानकारी दिएको छ।
ख्वाजाले अस्ट्रेलियाबाट हालसम्म ९ टि–२० मात्र खेलेका छन्। २०१६ मा उनले अन्तिम टि–२० मा सहभागिता जनाएका थिए। अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाइसकेका कप्तान क्लार्कले बिग स्पोर्ट्स ब्रेकफास्टलाई अन्तर्वार्ता दिँदै भने, ‘यति प्रतिभावान खेलाडीको समझौता नवीकरण नगरिएको विषयलाई लिएर म स्तब्ध छु। गत १० वर्षमा उनले अस्ट्रेलियाका लागि थुप्रै रन बनाएका छन्। उनको नाम टप १० खेलाडीको सूचीमा समेत छ।’
पछिल्लो समय ख्वाजा र अस्ट्रेलियाका प्रमुख प्रशिक्षक जस्टिन लेगरबीच केही मतभेद देखिएको थियो। यसै कारण उनलाई सम्झौताबाट बाहिर राखिएको हल्ला छ। तर, क्लार्कले यो विषय कै कारण ख्वाजालाई बाहिर राखिएको भन्ने कुरा अस्विकार गरे। उनले भने, ‘उनलाई सम्झौता बाहिर राख्ने काम नीजि विषय हुन सक्दैन। मलाई लाग्दैन जस्टिन लेगर यस किसिमको काम गर्छन।’
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया