
प्रितम पाण्डे
सत्ताको मात लागेर मान्छे मात्तिएको देखेँ
पैसाको मात लागेर मान्छे पात्तिएको देखेँ।
खुशी र सुख खातिर भाँचेका छन् जीवन नै
जब हुन्छन् असफल मान्छे च्यात्तिएको देखेँ।
बाँच्ने प्रयाशमा मान्छे जे पनि गर्न तत्पर
पाए विरोधको गन्ध मान्छे तात्तिएको देखेँ।
होचालाई दबाएर खुब शासन गर्दछ
नहुँदो हाँक हाँकेर मान्छे बात्तिएको देखेँ
कुत्ता पनि घरभित्र भएर सिंह घुर्दछ
नवीनस्थानमा पुग्दा मान्छे लाट्टिएको देखेँ।
थिएन क्यै हिजोसम्म पद पायो जब यहाँ
चुँडेर जनको जेथा मान्छे छाँट्टिएको देखेँ।
- गजल
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया