मङ्गलबार, २३ सेप्टेम्बर २०२५

लकडाउनमा रेडिमेड व्यापारीले गुमाए दुई करोड

News Image
• • •

ईश्वरकाजी खाइजू

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनमा यहाँका रेडिमेड लत्ताकपडा तथा जुत्ताका व्यापारीले अहिलेसम्म दुई करोडको नोक्सानी व्यहोरेका छन् । लकडाउनको कारण पसल खोल्न नपाउँदा मुसाले काटिएर र ढुंसीको कारण मक्किएर आफूहरुले नोक्सानी व्यहोर्नुपरेको व्यापारीहरु बताउँछन् ।

लकडाउनको कारण गएको चैत ११ गतेदेखि पसल खुलेका छैनन् । पसल खोल्न नपाउँदा तयारी लत्ताकपडा तथा जुत्ताचप्पल नासिने क्रम बढेको भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी दिए । उनका अनुसार पसल बन्द हुँदा भित्र हावा ओहोरदोहोर गर्न पाएको छैन । जसले चाङ लगाएर राखेका तयारी लत्ताकपडा ओसिएका छन् । ओसले  ढुसी पर्दा लत्ताकपडा बेरंग हुने तथा मक्किन थालेको अध्यक्ष प्रजापतिले दुःखेसो पोखे ।

आइतबार, बैशाख २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)