एजेन्सी
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोरोना भाइरसका कारण रोकिएको लिग सुरु गर्नका लागि सबै खेलाडीहरुको परीक्षण हुँदा शीर्ष दुई लिगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो।
पाँचै खेलाडीमा संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन। नाम सार्वजनिक नगरिएका पाँचै खेलाडीलाई आइसोलेशनमा राखिएको छ।
संक्रमित खेलाडीहरुको नियमित परीक्षण हुने र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेलाडीहरु प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ।
आउँदो जुनमा बन्द रंगशालमा खेल गर्ने गरी तयारी भइरहेको छ। जसको लागि स्पेनिस लिगका खेलाडीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।स्पेनमा कोरोना भाइरसका कारण २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख २४ हजार भन्दा बढी संक्रमित छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया