एजेन्सी
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोरोना भाइरसका कारण रोकिएको लिग सुरु गर्नका लागि सबै खेलाडीहरुको परीक्षण हुँदा शीर्ष दुई लिगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो।
पाँचै खेलाडीमा संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन। नाम सार्वजनिक नगरिएका पाँचै खेलाडीलाई आइसोलेशनमा राखिएको छ।
संक्रमित खेलाडीहरुको नियमित परीक्षण हुने र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेलाडीहरु प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ।
आउँदो जुनमा बन्द रंगशालमा खेल गर्ने गरी तयारी भइरहेको छ। जसको लागि स्पेनिस लिगका खेलाडीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।स्पेनमा कोरोना भाइरसका कारण २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख २४ हजार भन्दा बढी संक्रमित छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया