
बाह्रखरी
आर्थिक वर्ष ०७६/७७ आर्थिक विकासको दृष्टिकोणले अपेक्षित रूपमा उत्साहपूर्ण देखिएको छैन । सरकारले चालू आवको बजेट तर्जुमा गर्ने क्रममा साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि आव सकिन दुई महिना बाँकी छँदा अपेक्षा पूरा नहुने आकलन गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले चालू आव २.२७ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । कोभिड–१९ सिर्जित परिवेशमा यो आकलनलाई सन्तोषजनकै मनिएको छ तर पन्ध्रौं आवधिक योजनाले लिएको औसत दोहोरो अंकको लक्ष्य भेटाउन यो अपर्याप्तै हो ।
चैत ११ देखि सरकारले आह्वान गरेको देशव्यापी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएका कारण अर्थतन्त्र नराम्ररी बिथोलिएको हो । तर, आतिथ्य र यातायातबाहेक अन्य क्षेत्रको परिवेश जेठदेखि सामान्य अवस्थामा फर्किने आकलन गर्दै केन्द्रीय तथ्यांक विभाग केही आशावादी बनेका छ ।
सोही कारण आर्थिक वृद्धि नकारात्मक भने नहुने प्रक्षेपण विभागको छ । विभागले भनेको छ, “कोभिडले पारेको विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकारात्मक प्रभावलाई हेर्दा यो वृद्धिलाई सकारात्मक मान्नुपर्छ ।”
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया