बाह्रखरी
आर्थिक वर्ष ०७६/७७ आर्थिक विकासको दृष्टिकोणले अपेक्षित रूपमा उत्साहपूर्ण देखिएको छैन । सरकारले चालू आवको बजेट तर्जुमा गर्ने क्रममा साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि आव सकिन दुई महिना बाँकी छँदा अपेक्षा पूरा नहुने आकलन गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले चालू आव २.२७ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । कोभिड–१९ सिर्जित परिवेशमा यो आकलनलाई सन्तोषजनकै मनिएको छ तर पन्ध्रौं आवधिक योजनाले लिएको औसत दोहोरो अंकको लक्ष्य भेटाउन यो अपर्याप्तै हो ।
चैत ११ देखि सरकारले आह्वान गरेको देशव्यापी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएका कारण अर्थतन्त्र नराम्ररी बिथोलिएको हो । तर, आतिथ्य र यातायातबाहेक अन्य क्षेत्रको परिवेश जेठदेखि सामान्य अवस्थामा फर्किने आकलन गर्दै केन्द्रीय तथ्यांक विभाग केही आशावादी बनेका छ ।
सोही कारण आर्थिक वृद्धि नकारात्मक भने नहुने प्रक्षेपण विभागको छ । विभागले भनेको छ, “कोभिडले पारेको विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकारात्मक प्रभावलाई हेर्दा यो वृद्धिलाई सकारात्मक मान्नुपर्छ ।”
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया