बिएल संवाददाता
अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गृहमन्त्री बनाउँन ओमप्रकाश अर्याललाई हटाउँन लागेको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ईःले बालेन समूहले पाण्डे वा मीरा चौधरीलाई गृहमन्त्री बनाउँन हरसम्भव प्रयास गर्दा पनि प्रधानमन्त्री सुशीला कार्कीको जोडबलले अर्याल गृहमन्त्री बनेका बताएका हुन्।
उनले भनेका छन्, ‘पूर्ण vacuum र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसम्भव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन्।’
गृहमन्त्री फेरि प्रधानमन्त्री पनि फेरिने परिस्थिति बन्ने ईःको तर्क छ।
भन्छन्, ‘गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो बिडम्बना! कस्तो निर्लज्जता!’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया