लकडाउनमा भिडिओ कन्फ्रेन्सबाट एनभिडिए तालिम लिँदै दृष्टिविहिनहरू

जीवन बनिया

रूपन्देही

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण सबै मानिसहरू घरमै छन्।

अत्यावश्यकबाहेक अन्य काम गर्ने मानिसहरू यति बेला घरमै बसेर काम गरिरहेका छन्। विभिन्न विद्यालयले आफ्ना विद्यार्थीलाई अनलाइन कक्षा लिइरहेको छ।

यस्तै दृष्टिविहीनले पनि अनलाइनमार्फत कम्प्युटर तालिम लिइरहेका छन्। उनीहरूले भिडियो कन्फ्रेन्समार्फत कम्प्युटरमा प्रयोग हुने एनभिडिए सफ्टवेयरका बारेमा तालिम लिएका हुन्।

वैशाख २५ देखि २७ सम्म तीनदिनसम्म चलेको तालिममा देशभरका ४७ जना दृष्टिविहीनले सहभागि रहेको एड्रेड युथ कमिटिका सदस्य एवं प्रशीक्षक  मधुसुदनघिमिरेले बिएल नेपाली सेवालाई जानकारी दिए।

तालिम मधुसुदनघिमिरे र आर्य निरौलाले दिएका थिए।

एनभिडिए कम्प्युटरमा प्रयोग हुने एउटा सफ्टवेर हो। यसले स्कृन रिड गर्नुका साथै आवाजबाट उक्त कुरा सुनाउने घिमिरेले बताए।

तालिममा ३८ जना पुरूष र ९ जना महिला गरि ४७ जना सहभागि थिए।  तालिममा कम्प्युटरको सट्कट् की एनभिडीए कसरी प्रयोग गर्ने? आफूलाई चाहिएको कुरा इन्टरनेट कसरी खोज्ने भन्ने सिकाइएको थियो।

यसका साथै कम्प्युटरमा अन्य विभिन्न सफ्टवेयरका माध्यमबाट कसरी चलाउने भन्ने तालिम दिइएको घिमिरेले जानकारी दिए।

इन्टरनेटको पहुँचमा भएका विभिन्न जिल्लाका दृष्टिविहीन साथीलाई एकसाथ तालिम दिन पाउँदा खुसी लागेको बताउँदै घिमिरेले यो तालिमको फिडब्याक राम्रो आएको बताए।

यो तालिमपछि पनि यसरी नै कम्प्युटरका अन्य तालिमहरू पनि दिने घिमिरेले जानकारी दिए।

तालिममा सहभागि पाल्पा मदन पोखराकी सन्ध्या पराजुलीले तालिममा आफू पनि भाग लिन पाउँदा अत्यान्त खुसी लागेको भन्दै एनभिडीएको प्रयोग अझै सहज भएको बताइन्।

आफूले अनलाइन तालिमबाट एनभिडिए इन्स्टल र रिस्टार्ट गर्न जानेको बताइन्।

यस्तै काठमाडौंको परोपकार माविमा सामाजिक विषय अध्यापन गराउँदै आएका दीपक सापकोटाले पनि भिडियो कन्फ्रेन्सबाट नयाँ नयाँ कुरा सिकेको बताए।

उनले तालिममा आफूले एनभिडीएको माध्यमबाट माउस कार्डक बारेमा जानकारी पाएको बताए।

माइक्रोसफ्ट्मा भएको फन्टको बारेमा विभिन्न नयाँ नयाँ कुराहरू सिकेको सापकोटाले जानाकारी गराए।

नेपालमा करिब एक लाख २० हजार मानिस दृष्टिबिहीन छन्। दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ।

अधिकांश दृष्टिविहिनको हात हातमा अहिले स्मार्ट फोन पुगे पनि सबै दृष्टिविहीनको हातमा पुग्न सकेको छैन। अधिकांश दृष्टिविहिन कम्प्युटर चलानउ जान्ने भइसकेका छन्।

प्रकाशित मिति: : 2020-05-13 10:32:00

प्रतिकृया दिनुहोस्