बिएल संवाददाता
नेप्सेलाई शेयर कारोबार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। सरकारले लकडाउनलाई कडाई गरेको र काठमाडौं सहितका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जोखिम बढेका कारण बोर्डले आजकै मितिदेखि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।
नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला गर्दा संक्रमणको जोखिम हुने भएकाले लगानीकर्ताको हित र प्रवद्र्धनका लागि धितोपबोर्डले बजार बन्द गराएको अध्यक्ष ढुंगानाको भनाई छ ।
बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष ढुङ्गानाले बताए।
बोर्डले मंगलबार र बुधारबार भएको कारोबारको पनि छानविन गर्ने भएको छ । दुई दिनसम्म चलेको बजार लगातार नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । २ दिनमा नेप्से ५० अंक झरेको थियो।
निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न खोजिएको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाएका थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया