बिएल संवाददाता
नेप्सेलाई शेयर कारोबार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। सरकारले लकडाउनलाई कडाई गरेको र काठमाडौं सहितका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जोखिम बढेका कारण बोर्डले आजकै मितिदेखि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।
नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला गर्दा संक्रमणको जोखिम हुने भएकाले लगानीकर्ताको हित र प्रवद्र्धनका लागि धितोपबोर्डले बजार बन्द गराएको अध्यक्ष ढुंगानाको भनाई छ ।
बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष ढुङ्गानाले बताए।
बोर्डले मंगलबार र बुधारबार भएको कारोबारको पनि छानविन गर्ने भएको छ । दुई दिनसम्म चलेको बजार लगातार नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । २ दिनमा नेप्से ५० अंक झरेको थियो।
निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न खोजिएको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाएका थिए ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया