दिवेश अमेरिकन आइडलको ग्राण्ड फिनालेमा: अबको १ घण्टा यसरी गर्न सकिन्छ भोटिङ

बिएल संवाददाता

कान्सास सिटी- अमेरिका

नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको १८औं संस्करणको ग्राण्ड फिनालेमा पुगेका छन्। 

अमेरिकी पूर्वी समयअनुसार आइतबार साँझ घोषित परिणाममा उनी शीर्ष ५ स्थानमा पुग्दै ग्राण्ड फिनालेमा पुगेका हुन्। उनीसँगै जस्ट साम, जोनी वेस्ट, फ्रान्सिस्को मार्टिन र डिल्लोन जेम्स अमेरिकी आइडलको ग्राण्ड फिनालेमा पुगेका छन्। 

अबको एक घण्टा अमेरिकन आइडलको १८औं संस्करणको ग्राण्ड फिनालेको लाइभ प्रस्तुति हुने छ। यो प्रस्तुतिमा शीर्ष ५ स्थानमा पुगेका पाँचै प्रतिभाले दुई दुईवटा प्रस्तुति दिनेछन्। तिनै प्रस्तुतिका आधारमा एक घण्टा लाइभ भोटिङ हुने छ र त्यही भोटिङका आधारमा कार्यक्रमको अन्तमा १८औं अमेरिकन आइडलको घोषणा गरिने छ। 

नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको १८औं संस्करणको ग्राण्ड फिनालेमा पुगेर नयाँ इतिहास बनाएका छन्। अबको एकघण्टा उनलाई यसरी भोटिङ गरेर १८औं अमेरिकन आइडल बनाउन सकिन्छ। अमेरिकामा रहेका नेपाली उनलाई अमेरिकन आइडल बनाउन जमेर भोटिङ गरिरहेका छन्। 

ग्राण्ड फिनाले एवीसी टेलिभिजनमा प्रत्यक्ष प्रसारण भैरहेको छ। अमेरिकामा रहेका नेपाली उनलाई १८औं अमेरिकन आइडल बनाउँन जमेर भोटिङ गरिरहेका छन्। 

उनलाई यसरी भोटिङ गर्न सकिन्छ-

१. अमेरिकामा रहेका टेलिफोन नम्बरबाट १६ टाइप गरी २१५२३ मा १० पटक टेक्स्ड मेसेज गर्ने 
२. अमेरिकन आइडलको एप्स डाउन लोड गरी  आर्थर गनलाई १० पटक भोट गर्ने
३. https://idolvote.abc.com/ मा गई इमेलमार्फत् दर्ता गरी  आर्थर गनलाई १० पटक भोट गर्ने

प्रकाशित मिति: : 2020-05-18 05:54:24

प्रतिकृया दिनुहोस्