दिवेश बने उपविजेता, जस्ट साम बनिन् १८औं अमेरिकन आइडल

बिएल संवाददाता

कान्सास सिटी-अमेरिका

नेपाली युवा दिवेश पोख्रेल १८औं अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनलाई लाइबेरियन मुलकी जस्ट सामले पछि पार्दै अमेरिकन आउडल बनिन् ।  सुरूदेखि नै  उनको यो अद्भूत सफलतासँगै उनले नेपाल र नेपालीको पक्षमा एउटा इतिहासको निर्माण गरिदिएका छन्। 

उनले भर्खरै सम्पन्न ग्राण्ड फिनालेमा दुई उत्कृष्ट गीत प्रस्तुत गरेर निर्णायकको मात्र मन जितेनन्, दर्शकको पनि मन जिते। प्रत्यक्ष प्रसारणको समयमै दर्शकले तीन भिन्न भिन्न प्लेटफर्ममार्फत् दिएको भोटिङको आधारमा उनी सामभन्दापछि परे।  

यसअघि आजै कार्यक्रमको सुरूवातमा उनी शीर्ष पाँच स्थानमा पुग्दै अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पुगेको निर्णय गरिदिएको थियो। उनीसँगै  जस्ट साम, जोनी वेस्ट, फ्रान्सिस्को मार्टिन र डिल्लोन जेम्स पनि ग्राणड फिनालेमा पुगेका थिए। 

नेपाली युवा दिवेश पोख्रेल १८औं अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी जस्ट सामभन्दा थोरै मतले पछि परेर उपविजेतामा सिमीत हुन पुगे। उनी उपविजेता हुनु पनि कम उपलब्धी हैन, तर उनी विजेताका लागि योग्य थिए। तर, अमेरिकामा नेपाली मत लाइबेरियन मतभन्दा कम भएकाले  उनी पछि परे। विजेता साम लाइबेरियन मुलकी अश्वेत अमेरिकन हुन्। उनको जीतमा ब्लाक म्याटर्सले पनि काम गरेको बताइन्छ। 

नेपालको काठमाडोैं कलंकी सुनार गाउँका दिवेश २०१४ मा अमेरिका आएपछि सांगीतिक रूपमा आर्थर गन बनेका थिए। अमेरिकाको मध्यपश्चिम राज्य कान्सासको विचितामा रहेर संगीत साधना गरिरहेका उनी अमेरिकन आइडलको यो सिजनमा सहभागी भएका थिए। सुरूदेखि नै निर्णायक र दर्शकको मन जित्दै उनी विभिन्न चरण पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेका थिए। 

उनलाई अमेरिकन आइडल बनाउँन खासगरी अमेरिकामा रहेका नेपालीले जमेर मतदान गरेका थिए। मतदान गर्नेमा अमेरिकामा रहेका नेपाली भाषी भुट्निज नेपालीको पनि उल्लेखनीय संख्या रहेको थियो । तर, अमेरिकामा नेपाली मत लाइबेरियन मतभन्दा कम भएकाले  उनी पछि परे। विजेता साम लाइबेरियन मुलकी अश्वेत अमेरिकन हुन्। उनको जीतमा ब्लाक म्याटर्सले पनि काम गरेको बताइन्छ। 

दिवेशले अमेरिकन आइडलको उपविजेता बनेर नेपाल र नेपालीको शिर उच्च बनाइदिएका छन्। उनको यो सफलताले नेपाली युवासँग प्रतिभाको अभाव हैन, त्यो प्रतिभा देखाउने प्लेटफर्मको मात्र अभाव रहेको पुष्टी गरिदिएका छन्। 

 

प्रकाशित मिति: : 2020-05-18 07:54:06

प्रतिकृया दिनुहोस्