
सेतोपाटी
कोरोना आतंक हुन्थेन भने अमृत गुरुङ जापानको फुकुओका र नागोयाकामा दुई कन्सर्ट सिध्याएर भर्खर त्रिभुवन विमानस्थल ओर्लिएका हुन्थे। त्यसपछि अमेरिकाको कन्सर्ट र नेपाल यात्राको तयारी अघि बढ्न सक्थ्यो। यी पछिल्ला कार्यक्रमको मिति तय हुन मात्र बाँकी थियो।
'नेपथ्य ब्यान्ड' का यी 'फ्रन्ट म्यान' मञ्चबाट भीडमा लहर फैलाउन र भीडबाट प्राप्त प्रतिक्रियालाई तत्कालै थप ऊर्जामा परिणत गर्न खप्पिस छन्।
यिनको कन्सर्टमा ढेस्सिएर नाच्ने, गाउने, चिच्याउने अनि उफ्रिने दर्शकको तरंगले सिंगो हल उत्तेजित हुन्छ। छाती ढक्क फुल्ने गरी राष्ट्रिय झन्डा फहरिएका हुन्छन्। हललाई जतिसुकै वातानुकूलित बनाए पनि मानिसहरूको शरीरबाट निस्कने बाफ रंगीचंगी बत्तीका उज्यालामा उडिरहेको देखिन्छ।
मञ्चबाट गाउँदा मात्र होइन, यिनले प्रत्येक वाक्य बोल्दा पनि दर्शकका ताली र आवाजले हलको तापक्रम झनै बढाइदिन्छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया