अमेरिकामा ‘लकडाउन’ मा परेका लिजेन्ड पप गायक बिष्ट भन्छन्– सबैलाई प्रेम गर्नुस् (भिडियो)

‘किङ अफ पप’ अर्थात नेपाली पप गायनका लिजेन्ड ओमविक्रम बिष्ट २ वर्ष अघि किड्नीको समस्याका कारण अमेरिका प्रवेश गरेका थिए। अहिले उनी स्वास्थ्य लाभ गरेर पुनः संगीतमा फर्किने तयारी गरिरहेको बेला कोरोना भाइरसको विश्वव्यापी महामारीले फेरि आफ्नै घरमा थुनिन् बाध्य भएका छन्।

यसबीचमा उनले अमेरिकाको थुप्रै शहरमा ‘कन्सर्ट’ को आयोजना गरिसकेका छन्। उनी ‘लकडाउन’ मा पनि नियमित व्यायाम गर्छन र आफ्नो रियाजलाई बन्द कोठामा यथावत राखेका छन्। पछिल्लो समय आफ्नो सोसल मिडिया फेसबुकमा सक्रिय बिष्टले लामो समयपछि बिएल नेपाली सेवासँग केही कुराकानी गरेका छन्।

उनले कुराकानीका क्रममा देश र विदेशमा रहेका आफ्ना सबै शुभचिन्तकलाई सुरक्षित रहन र डाक्टरको सल्लाहलाई पछ्याउन आग्रह गरेका छन्। यस्तै, उनले निकट भविष्यममा ‘भजन’ को गीति एल्वम सार्वजनिक गर्ने बताएका छन्।

बिरामीको चरम अवस्थाबाट मृत्युलाई जितेर फर्किएका बिष्ट आफ्ना शुभचिन्तकलाई मर्नबाट नडराउन र बिरामी हुँदा नआत्तिन सल्लाह दिन्छन्। मृत्युलाई नजिकबाट नियालेका बिष्टले बिएल नेपाली सेवामार्फत साथीभाई, परिवार र शुभचिन्तकहरूलाई भने, ‘मलाई लाग्दैन्थ्यो म जिवित हुन्छु भनेर। तर, मृत्युबाट फर्किएर आए। हामी मनुस्यको जीवनमा कठिन समय जहिले पनि आइरहन्छ। तर, यो सत्य पनि हो, कठिन समयसँग हामीले जुध्नुपर्ने रहेछ। लड्नुपर्ने रहेछ।’

उनले जीवनका भोगाईहरू सेयर गर्दै भने, ‘म लगभग यो संसारबाट बिदा नै भइसकेको थिए। किनकि म दुई पल्ट भेन्टिलेटरमा बसे। तीन–तीन दिन भेन्टिलेटरमा हुन्थे। भेन्टिलेरबाट उठेपछि मेरो किड्नी फेल भइसकेको रहेछ। जुन मैले कल्पना पनि गरेको थिइन। र मलाई त्यस्तो लक्षण पनि देखाएको थिएन। पेन किलर खाएपछि मेरो क्रेटिनाइन लाइन ह्वात्त बढ्यो। फेसबुकमा हुने मेरा साथीहरुलाई भन्न चाहन्छु– पेन किलर वा कुनै औषधि खाँदा तपाईहरूले डक्टरसँग सोधेर मात्र खानुस्। म उपचारका लागि विगत १२ वर्षदेखि अमेरिका आउने जाने गरिरहेको छु।’

उनले आत्मविश्वास सबैभन्दा ठूलो कुरा भएको बताए। ‘मत्युको डरले, बिरामी (हुने) को डरले हामी बेस्सरी कमजोर हुने रहेछौं। किड्नी फेल हुँदा मैले डाइलसिस गरे। फेरि अस्पतालमा भर्ना भए। तर मेरो मनमा रक्तिभर डर आएन। मैले कहिल्यै सोच्दैसोचिन मर्छु भनेर। एकदिन त मान्छेले मर्नु नै छ’, उनले अनुभव सुनाए–‘मानिसहरु धनसम्पत्ति, गाडी, बंगला भौतिक सुविधाको कुरा गर्छन। म बलियो। त्यो भन्दा म ठूलो। यति बैक ब्यालेन्स छ भन्छन्। तर, अहिले जुन अवस्था (कोरोना) आइरहेको छ। मलाई लाग्छ, पैसाले सबैथोक गर्ने होइन रहेछ। पैसाले सबैथोक हुने भए, मान्छेले जे चाह्यो, त्यो एकैछिनमा हुनुपर्ने हो। समय आइसकेपछि चाहे त्यो युवा होस्, चाहे बच्चा या बुढा, सबै जानुपर्छ। त्यसैले मृत्युसँग डराउनु हुँदैन। मैले अनुभव गरेको कुरा।’

उनले बिरामीकै अवस्थामा भगवानलाई अधिक मान्न थालेको बताए। ‘उहाँ हुनुहुँदो रहेछ।  यो मेरो विश्वास हो, यसले गर्दा म बाँचे पनि’, उनले बिएल नेपाली सेवासँग भने, ‘अमेरिकामा किड्नी पाउन साह्रै गाह्रो छ। तर परमात्माको आर्शिवादले साढे २ वर्षमा किड्नी पनि पाए। फेरे पनि । आज म स्वस्थ्य छु। जिम जान्छु। ट्रेडमिलमा दौडिन्छु।’

उनी मृत्यु सत्य भएको र सबैले वर्तमानमा बाच्नु पर्ने हुनाले काम, क्रोध, लोभमोह, इस्र्या, निन्दा, स्वार्थ जस्ता कुरा त्याग्न सबैमाझ आग्रह गर्छन। ‘म फिलोसफर होइन। सबैलाई माया गरौं। हाम्रो जिब्रोले जे बोल्छ, त्यही नै सबैतिर फैलिन्छ। त्यसैले सकेसम्म राम्रो कुरा गरौं। हामीले जति राम्रो कुरा गर्छौ, त्यति राम्रो हुन्छ। जति नराम्रो कुरा गछौं, त्यति बेफाइदा हुन्छ’, उनले आफ्नो सिकाई बताए।

उनी आफ्ना साथीभाई तथा शुभचिन्तकसँग अपील गर्छन–‘आज मान्छेहरु पैसाको पछाडि मरिरहेका छन्। दौडिरहेका छन्। एकले अर्कासँग स्पर्धा गरेको देखिन्छ। सबैलाई माया गर्नुस्। आजभोली फेसबुकमा साथी बनाउने चलन छ। अहिले सबै (लकडाउन) घरमा छन्। रिक्वेस्ट गरेको लाइक गर्नुस्। कसैले ‘ह्याण्ड्सम, ब्युटिफल भन्छ– त्यसलाई राम्रो प्रतिक्रिया दिनुस्। सबैलाई एउटै व्यवहार गर्नुपर्छ। नकरात्मक सोच्नेसँग व्यवहार गर्नु हुँदैन।’

यो पनि हेर्नुहोस्

विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’

भारतले मिचेको नेपाली भूमी समेटेर जारी भयो नेपालको राजनैतिक नक्सा (भिडियो)

विश्वब्यापी कसरी फैलियो कोरोना?, न्यूयोर्कदेखि नेपालसम्मको अवस्था (भिडियो)

प्रकाशित मिति: : 2020-05-20 19:15:00

प्रतिकृया दिनुहोस्