विश्वब्यापी कसरी फैलियो कोरोना?, न्यूयोर्कदेखि नेपालसम्मको अवस्था (भिडियो)

कोरोना भाइरस (कोभिड-१९) आगोले एक दिन विश्वमा डढेकोलोको रूप लिन्छ भनेर यूरोप र अमेरिकाले सोचेकासमेत थिएनन् होला।

चीनमा कोरोनाको महामारी फैलँदा युरोपेली र अमेरिकी शेयर बजार उकालो अंकमा अगाडि बढ्दै थियो।  रेष्टुरेष्ट, डान्सबार, सिनेमा हललगायत मानिसको ठूलो भिडभाड हुने क्षेत्र ब्यस्त रही पूर्णरुपमा खुलेका थिए। कोरोना भाइरसको कारण चीनमा मानिसहरुको मृत्यु भइरहेको समयमा विश्व जगतबाट  चीनले सहयोग नभई सान्तवना मात्र पायो। किनभने भाइरस चीनको हुवान प्रान्तबाट अरू राज्यमा फैलिएको थिएन। त्यसैले अमेरिका, फ्रान्स, बेलायत, रूस, भारतलगायत विश्वका शक्तिशाली राष्ट्रले यसलाई गम्भीरतापूर्वक लिएनन्।

अमेरिकाका राष्ट्रप्रमुख डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले यसअघिनै आफूहरूलाई सचेत नगराएको भन्दै सहयोग रोक्ने चेतावनी नै दिए।   

सन् २०२० को फेब्रुअरी अन्तिमसम्म न्यूयोर्क स्वस्थ्य र ब्यस्त थियो। त्यसपछि न्यूयोर्कमानै यसले महामारीको रुप लिन्छ भन्ने कमैले कल्पना पनि गरेका थिए। कुरा मार्च १ तारिखको हो, आजभन्दा करिब तीन महिना अघि। जुन समय न्यूयोर्कमा पहिलो कोरोना भाइरसकेको केस देखियो।

न्यूयोर्कका गर्भनर एन्ड्रयू क्युमोले ईरानबाट फर्किएका एक ३९ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना भाइरससको संक्रमण देखिएको घोषणा गरे। यसलाई न्यूयोर्कका संचारमाध्ययमले ठुलै समाचार बनाए। त्यो समयसम्म न्यूयोर्कवासी खासै ठूलो त्रास थिएन। उनीहरू नियमितनै काममा गइरहेको हुन्थे।

अमेरिकाले इरानी र चिनियाँ नागरिकलाई यात्रा प्रतिबन्ध लगायो। जसको कारण पनि हामीलाई डर अलि कम भयो। अमेरिकाले एक महिनाअघि इरान र चीन भ्रमण गर्ने आफ्ना नागरिक र यात्रुहरुलाई पनि कडा निगरानीमा राख्यो। तर यूरोपेलीहरु भने निर्वाध रुपमा अमेरिका प्रवेश गरिरहेका थिए ।

न्यूयोर्क राज्यको वेस्टचेस्टर काउन्टीको न्यूरोचेलमा देखिएको कोरोना भाइरसको दोस्रो केसले धेरै न्यूयोर्कवासीलाई सचेत र भयभित बनायो। मार्च ३ तारिखमा न्यूरोचेलका एक ५० बर्षिय वकिलमा कोरोना भाइरस देखिएको पुष्टि भयो। दैनिक हजारौं संख्यामा मानिस आवत जावत गर्ने न्यूयोर्ककको मुटु म्यानह्याटनको ग्राण्ड सेन्टर टर्मिनल नजिकको एक ल फर्मममा काम गर्ने ती वकिल पछिल्लो पटक कुनै अन्तर्राष्ट्रिय भ्रमण गरेका थिएनन्। कसरी उनलाई कोरोना भयो भन्ने त्यो खोजीको बिषय बन्यो । खोजी क्रममा यो पत्ता लाग्यो कि केही दिनअघि मात्र उनी फ्लोरिडाको मायामी भ्रमण गरेर फर्किएका थिए। त्यसपछि कोरोना भाइरस न्यूयोर्कममा मात्र हैन न्यूयोर्क बाहिर पनि पुगेको आशंका गरियो ।

ती वकिलको माध्यमबाट न्यूयोर्कमा कोरोना फैलिन थप बल पुग्यो। वकिललाई अस्पतालसम्म गाडीमा पुर्‍याउने उनका छिमेकीलाई पनि कोरोनाको पुष्टि भयो। वकिलका २८ वर्षिय छोरा १४ वर्षिय छोरी र श्रीमतिलाई पनि कोरोना भयो। वकिलका छोरा पढ्ने  यासिवा यूनिर्भसिटी पनि शिल गरियो । छोरी पढ्ने स्कूल पनि केही दिनलाई बन्द गरियो। छिमेकीलाई पनि कोरोना देखिएपछि सिंगो न्युरोचेलका हजारभन्दा बढी मानिसलाई घरमानै सेल्फ आइसोलेसनमा बस्न भनियो। त्यसपछि न्यूरोचेलमा घुम्ती सवारीमार्फत कोरोना परिक्षणलाई तीब्रता दिइयो ।

भ्यानह्याटको अतिनै ब्यस्त स्थानमा रहेको वकिलको कार्यालयका कर्मचारीको पनि कोरोना परीक्षण गरियो। न्यूरोचेलबाट भ्यानह्याटन चल्ने मेट्रो नर्थ ट्रेन पनि सरसफाइको लागि केही दिन बन्द गरियो। त्यो बेलासम्म न्यूयोर्कमा कोरोनाका थप केसहरु देखिन थालिसकेका थिए। यूरोपबाट फर्किएकामा पनि कोरोना देखिन लाग्यो।

न्यूयोर्कका गभर्नरले अमेरिकालाई अब यूरोपबाट पनि उत्तिकै खतरा भएको संकेत गरे। त्यसलगत्तै  राष्ट्रपति ट्रम्पले यूरोपेलीलाई पनि यात्रा प्रतिबन्ध लगाए। तर समयको रफ्तार अगाडि बढिसकेको थियो। कोरोना न्यूयोर्ककको वरिपरि राज्य न्यूजर्सी कनेक्टीकटहुँदै करिब ५० राज्यमा फैलिसकेको थियो ।

तीन महिना अन्तरालमा अमेरिकामा १६ लाखको हाराहारीमा कोरोना भाइरसका केस देखिसकेका छन् भने यसबाट करिब ९२ हजारभन्दा बढी अमेरिकीको निधन भइसकेको छ। न्यूयोर्कमा मात्र सर्वाधिक तीन लाख ६२ हजारभन्दा बढी केस छन्। जसमा २८ हजारभन्दा बढीको निधन भइसकेको छ।

यो ६० दिनको अवधिमा म घरमानै बसेर धेरै कुरा नियालीरहेको छु । अहिले फेरि नेपालमा पनि त्यस्तै अबस्था आउने हो कि भन्ने डर लगिरहेको छ। नेपालमा हवाई उडान बन्द भएको दुई महिना पुगे पनि भारतबाट सिधा प्रवेश पाउने स्थल मार्ग बन्द गर्नेतर्फ समयमानै ध्यान दिन नसक्दा कोरोनाको केस बढीरहेको छ।

अमेरिकाले पनि इरान र चीनलाई त यात्रा प्रतिबन्ध लगायो तर यूरोपेलीलाई समयमानै रोक्न सकेन ।

हवाई उडान बन्द भएको यतिका दिन भइसक्यो अहिले एक, दुई हुँदै नेपालमा कोरोना भाइरसको संख्या बढेको बढ्यै छ। दुई जनाको निधन पनि भइसक्यो। कसरी  आयो यो कोरोना? त्यसतर्फ ध्यान दिन जरूरी छ।

भारतको बोर्डरबाट अझ पनि मान्छेहरु लुकीछिपी प्रवेश गरिरहेका छन्। काठमाडौं र शहरी गल्ली गल्लीमा मानिसहरुको अहिले पनि आवतजावत र जमघट हुन्छ। विश्वको शक्तिशाली देश अमेरिकामा त कोरोना नियन्त्रण बाहिर गयो भने नेपाललाई झन् कति खतरा छ त्यसो हामी अनुमान पनि लगाउन सक्दैनौं।

डाक्टर, नर्स, पुलिस, सेना, वकिल, पत्रकार, नेतालगायतमा कोरोना देखिनु भनेको महामारीको संकेत हो। नेपालले बेलैमा फन्टलाइनमा काम गर्नेहरुको जाँचलाई तीब्रता दिएन सकेन र भारतबाट लुकीछिपी आउनेलाई नियनत्रणमा लिन सकेन भने अमेरिका र इटाली होइन नेपाल इक्वेडर बन्न नसक्ला भन्न सकिन्न।

कोरोनाले महामारी रुप लिएपछि इक्वेडरमा विरामीको उपचारमा काम गर्ने नर्स, चिकित्सकजस्ता जनशक्तिको कमी भयो। अस्पताल अभावमा लास राख्ने ठाउ पाइएन। लासहरु गल्ली गल्ली र पेटीमा छरपस्ट छोडिए। मानिसहरु उपचार नपाएर घर घरमा मृत भेटिन थाले। लकडाउनको कारण भोकमारीले जनतामा उपचार त के खान समेत धौधौ पर्ने अवस्था आएको छ।

गरिब राष्ट्र भएकोले सरकारले पनि जनतालाई अत्यावश्यक सुविधा र उपचार गराउन सकेको छैन। हो, भोलि हाम्रो राष्ट्रले पनि यस्तै ब्यथिति भोग्न नपरोस् त्यसतर्फ समयमानै सचेत हौ।

यो पनि हेर्नुहोस्

विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’

सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावलको बिठ्याइँ ! , जुम्ला

प्रकाशित मिति: : 2020-05-20 13:32:13

प्रतिकृया दिनुहोस्