बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डका डिफेन्टर एड्रियन मारियापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रिमियर लिगका २० क्लबका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण भएको मंगलबार बताइएको थियो। मासियापाले क्लबका तीन संक्रमित मध्ये आफू एक रहेको बुधबार बताएका छन्।
वाट्फोर्डका अरु दुई कर्मचारी पनि संक्रमित छन्। यस्तै बर्नलीका सहायक प्रशिक्षक इयान वोएन पनि संक्रमित भएका छन्। अरु क्लबका दुईजनाको नाम भने खुलाइएको छैन।
चेल्सीका एन’गोलो कान्टेले कोरोना भाइरसको संक्रमण हुन सक्ने त्रासका कारण प्रशिक्षणमा उपस्थित भएनन्। प्रशिक्षक फ्र्याक लाम्पार्डले उनलाई घरमै प्रशिक्षण गर्न स्वीकृति दिएका छन्। वाट्फोर्डका कप्तान ट्रोय डीनी र टिमका अरु खेलाडीहरुले पनि घरमै प्रशिक्षण गरिरहेका छन्।
कोरोना भाइरसको संक्रमणका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी ९२ खेल पूरा गर्नका लागि अहिले तयारी तीव्र पारिएको छ। हाल खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न अनुमति दिइएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया