एक प्रमुख ओटीटी प्लेटफर्ममा हालसालै स्ट्रिम गरिएको अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’लाई लिएर एउटा विवाद उत्पन्न भएको छ। त्यसपछि शोका सह–निर्माता अनुष्कालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ। यो विवाद वेब सिरिज श्रृङ्खलामा बोल्ने एक संवादको बारेमा हो, जुन नेपाली समुदायले आफैंलाई अपमानजनक ठान्छन्।
कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई गत सोमबार कानुनी पत्र पठाइएको हो।
नेपाली शब्दमा कुनै आपत्ति छैन
गुरुङले भने,‘हामीलाई नेपाली शब्दको कुनै आपत्ति छैन, तर पछि बोल्ने शब्द स्वीकार्य छैन। यस कारणले गर्दा हामीले शोका चार निर्माताहरू मध्ये एक अनुष्कालाई कानुनी सूचना पठाएका छौं।’ गुरुङले अहिलेसम्म अनुष्का वा उनको टोलीबाट कुनै प्रतिक्रिया नआएको बताए। उनीहरू अब अमेजनसँग यस विषयमा कुरा गर्ने छन्।
‘त्यहाँ एउटा दृश्य छ, जहाँ महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा जातिवादी गाली प्रयोग गर्छिन्। जुन सिरिजको दोस्रो शृङ्खलामा देखाइएको छ, त्यो पूरा नेपाली समुदायको लागि अपमानजनक छ,’ गुरुङले भनेका छन्, ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुुन्थेन। तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ।’
गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने बताएका छन्।
गोर्खा समाजले गर्यो भारतको मानवअधिकार आयोगमा उजुरी
अरुणाञ्चलको गोर्खा समाजले पनि यो श्रृखंलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ। गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो श्रृखंलाको प्रसारण बन्द गराउन माग गरेको छ।
‘यस बिषयमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र यस विभागका मन्त्री प्रकाश जावडेकर, अमेजन प्राइम भिडियो र अनुष्का शर्मालाई असभ्य शब्दहरूको प्रयोग भएकाले माफि माग्न आग्रह गर्छौं।
यसको साथसाथै, उसले अवस्थित एपिसोड हटाउने र यसको सट्टा सम्पादन गरिएको एपिसोड अपलोड गर्ने माग गरेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया