पाकिस्तानको कराँचीमा ९० यात्रु सवार विमान दुर्घटना (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ। पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएकाे हाे।

उक्त विमान कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान लाहोरबाट कराँची आइरहेको पाकिस्तानी समाचार संस्थामा उल्लेख छ।

समाचारका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ। कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो। 

 दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन। यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले जयान गुमाएका थिए।

त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालकदलका सदस्यले ज्यान गुमाएका थिए। सन् २०१० मा एयरब्लु एयरलाइनसको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-05-22 17:08:45

प्रतिकृया दिनुहोस्