बिएल संवाददाता
लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति पौने १० बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो । जम्मा २ सय ६८ यात्रुमध्ये जापानमा बसोबास गर्ने १ सय ९७ नेपाली छन् ।
नेपालमा रहेको जापानी दूतावासका पहलमा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउनमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । नारितामै यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो भने पहिलो चार्टर्ड उडान गएको चैत २८ गते निगमले नारितामा गरेको थियो ।
नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाजले काठमाडाैंको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाडाैं–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सले नारितामा गएको फागुन १९ गतेदेखि सीधा उडान सेवा सुरु गरेको थियो । कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिएपछि त्यस गन्तव्यको उडान अहिले स्थगन भएको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया