दिल्लीकाे मदिरा पसलमा जाेर–बिजाेर प्रणाली, ७० प्रतिशत कोरोना कर बुझाउनुपर्ने

 दिल्लीकाे मदिरा पसलमा जाेर–बिजाेर प्रणाली, ७० प्रतिशत कोरोना कर बुझाउनुपर्ने

भारतको राजधानी नयाँ दिल्लीमा निजी मदिरा पसल खोल्न अनुमति दिइएको छ। दुई हप्ता अघि सरकारले रक्सी पसलहरू खोल्न अनुमति दिएकाे हाे। आबकारी विभाग (रक्सी थाेक बिक्रेता तथा आयतकर्ता) ले दिल्लीमा ६६ निजी पसल खोल्न अनुमति दिएको छ।

सबै पसल शनिवारबाट खुल्नेछ। मदिराको बिक्रीमा ७० प्रतिशत विशेष कोरोना कर हरेक दिन सरकारी खातामा जम्मा गर्नुपर्नेछ। निजी पसलहरू पनि जाेर– नम्बरकाे आधारमा खुल्नेछ।

आबकारी विभागले पहिले १७२ रक्सी पसल खोल्न अनुमति दिएकाे थियाे भने अन्य सरकारी पसलहरु जाेर– नम्बरकाे आधारमा खेल्न दिने निर्णय गरेकाे थियाे। 

तेस्रो चरणमा जाेर– नम्बरकाे आधारमा ६६ निजी पसललाई पनि शनिबारदेखि खोल्न अनुमति दिइएकाे छ। यी पसलहरूले अतिरिक्त उत्पादन शुल्क आयुक्तलाई कन्टेन्ट (सील) जोनमा नभएको कुरा सूचित गर्नुपर्ने थियो। यस कन्फर्मेसन पछि मात्र पसलहरू खोल्न अनुमति दिइएको छ।

कोरोना करको ७० प्रतिशत अनलाइन शुल्क लगाइनेछ। राजस्व विभाग हरेक दिन राजस्व संकलन प्रक्रिया अपनाइरहेको छ। गृह मन्त्रालयको निर्देशनमा उक्त पसलको अगाडि सामाजिक दूरी कायम गर्न र सुरक्षा प्रदान गर्न प्रहरी राख्न अनुराेध गरेकाे छ। गलत सूचना दिएर मदिरा पसल खोलेमा उक्त व्यवसायीलाई कारबाही गरिनेछ।

प्रकाशित मिति: May 23, 2020 08:39:24

प्रतिक्रिया दिनुहोस