सदनको तालीले देखिने होईन राष्ट्रवाद
सडकको गालीले मेटिने होईन राष्ट्रवाद
यो त हृदय भित्र ढुकढुकीमा बसेको हुन्छ
कलमको कैचीले कहिल्यै रेटिँदैन राष्ट्रवाद!
आगोको ज्वालाले जलाउँदैन राष्ट्रवाद
बन्दुकको गोलीले गलाउँदैन राष्ट्रवाद
यो त रगतको नसा नसामा बगेको हुन्छ
आकासे खेतीले कहिल्यै पलाउँदैन राष्ट्रवाद !
दुःख र पीडामा पनि लुक्दैन राष्ट्रवाद
भोक र अनिद्रामा पनि भुक्दैन राष्ट्रवाद
यो त आँशुका थोपा भित्र लुकेर बसेको हुन्छ
खहरे खोला उर्लिएर कहिल्लै छेक्दैन राष्ट्रवाद!
देश प्रदेशको बासले रोकिँदैन राष्ट्रवाद
धन सम्पत्तिको आसले पोखिदैन राष्ट्रवाद
यो त हरेक पाईला पाईलामा अडिएको हुन्छ
तराजुमा राखेर कहिल्यै जोखिदैन राष्ट्रवाद!
नीति र वाद भित्र मात्र बस्दैन राष्ट्रवाद
धर्म र जात भित्र कहिल्यै पस्दैन राष्ट्रवाद
यो त आमाको दुध भित्र पहिल्यै पसेको हुन्छ
पहाडबाट पहिरो झै कहिल्यै झर्दैन राष्ट्रवाद!
सत्ता र भत्ताले मात्र बोक्दैन राष्ट्रवाद
हसियार हतौडाले मात्र ठोक्दैन राष्ट्रवाद
यो त पसिनाको गन्धसँगै बगिरहेको हुन्छ
च्यातिएको टोपीले कहिल्यै रोक्दैन राष्ट्रवाद!!
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया