सुधन सुवेदी
दिनमा अनगिन्ति पटक देखिने, भेटिने
फेसबुकका अनेक फिल्टरले त्यसमाथि बिर्सनै नदिने
कसो कसो आफैं सेलिब्रेटी भएको भ्रम नै सही
चमकदार अनुहार, हायऽ त्यो हाँसो
हजारौँ लाइक्स, सयौँ कमेन्टस
जिन्दगी देखभेट/भेटघाट डट कम
जसै समयले ३६० को फन्को लियो
अनगिन्ती भेट ल्यापटप र फुनमा खुम्चियो
लकडाउन, क्वारिन्टिन, आइसोलेसन नयाँ दैनिकी
सेभर चलाइएन, रेजरलाई रेज गरिएन
घर बसाइको फसल दारी
पाउ बाहिर लान परेन, ऐना हेरिएन
अरू बढेन, दिन दुगुना रात चौगुना बढ्यो दारी
हेक्का तब भो जब अनलाइन जुम भो
चकलेटी हिरो साथीहरू देखियो, हाँसियो
विश्वामित्र, अगस्थमुनी, वाल्मीकी
सिसीमुनी हुने मित्रगण भैसकेछन् ऋषिमुनी
अनि त्यो गणको भरपर्दो सदस्य म
जिन्दगी भर्सन २.०
अनलाइनसम्म ठीकै थियो दारी, घरैमा भयो भारी
छोरीलाई तान्ने, छोरोलाई बान्ने औजार
लादेन अनि रामदेव पूर्व पश्चिम जोडिए
योग सिकाउने, वियोग गराउने
के भएन यो दारी?
दुनियाँमा दुई कै बोलवाला
दारी अनि सारी
सारी सबको प्यारो भारी किन दारी?
यो पनि हेर्नुहोस्
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया