विष्णु पन्थी
( शार्दूलविक्रीडित छन्द )
आएथे जसरी अपार सपना, देखेर संसारमा
आशा मात्र भयो अपूर्ण विपना सम्भ्रान्त श्रृङ्गारमा।१।
माता साथ पिता समस्त परिजन् लागेर माया गरे
छाडे साथ सबै गए घरघरै निस्तब्ध पारे भरे ।२।
देखिन्थ्यो परिवार झैं जगत यो मायालु साथी धिए
मायानै हुनगो अनर्थ जगमा आसक्तिमै बल्झिए ।३।
बाल्या'स्था त थियो सुसार भरको केही नजान्दै गयो ।।
तारुण्य निशिझैं झमक्क परिगो तत्काल मूर्छित् भयो।४।
बूढोभो जब यो शरीर मनको आवेश घट्दैगयो
प्रज्ञा ठप्पभयो विवेक सकियो, आक्रोश बढ्नेभयो ।५।
आँटेका कति काम पूर्ण नहुने आधै रहेका हुने
सोचेको जति मान प्राप्त नहुँदा मस्तिष्क थाकी रुने ।६।
प्रायःजीवन हो सधै विकटको सङ्घर्ष मात्रै गरे
त्यसैले रमिता गरेर यसमा उल्लास आफै भरे ।७।
कर्त्तव्य जसले सबै तरहका सम्पूर्ण गर्ला जसै
तेसैको सपना बनेर विपना साकार होला तसै ।८।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया