आइतबार, १७ अगस्ट २०२५

२ पत्रकारसहित थप ४४ कोरोना संक्रमित निको भएर घर फर्किँदै

News Image
• • •

वीरगन्जको नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचाररत ४४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किने भएका छन्। अस्पतालका कोरोना विभाग प्रमुख डा.उदयनारायण सिंहका अनुसार सबै संक्रमितहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि चाडै डिस्चार्ज गरिने बताए।

४८ घण्टा पहिलेको एउटा रिपोर्ट नेगेटिभ आएको थियो भने आज बिहान नारायणी अस्पतालस्थित पिसिआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रकृया भइरहको डा. सिहले बताए ।

डिस्चार्ज हुनेमा पर्साका २ जना पत्रकार पनि रहेका छन्। ४४ जनामा सर्लाही, बारा, पर्साको वीरगंज, धोबिनी, छिपहरमाई र १ भारतीय नागरिक रहेका छन्। डिस्चार्ज हुने निश्चित भएपछि नारायणी अस्पतलाका चिकित्सकहरु खुशी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्ययाले बताए।

४४ जना डिस्चार्ज भएसँगै नारायणी अस्पताल जेनरल सेवा संचालनका लागि पूर्ण रुपमा खाली हुने जनाईएको छ। अब पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ।

सोमबार, जेठ १२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)