आइतबार, १७ अगस्ट २०२५

‘सञ्चारमाध्यमको नवीकरणमा छुट देऊ’

News Image
• • •

सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको टोलीले सोमबार दार्चुलामा रहेका पत्रकारसँग अन्तक्र्रिया गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण पत्रकारले भोग्नुपरेको समस्या, सुरक्षा योजना र आगामी योजनाबारे अन्तक्र्रिया गरेको हो ।
  
सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घका  अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावललगायतको टोलीले जिल्लास्थित पत्रकारसँग जिल्लाको अवस्था र पत्रकारले खेलेको भूमिका र पत्रकारको अवस्थाबारे अन्तक्र्रिया गरेको छ । कोभिड–१९ का कारण पत्रकार पनि जोखिममा पर्ने गरेको भन्दै सुरक्षा सावधानी पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
 
पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष शङ्करसिह धामीले कोभिड सङ्क्रमणका बीचमा पनि जिल्लामा रहेका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताए। सङ्क्रमणको अवस्थामा पनि यहाँको समस्या, भइरहेको गतिविधि र सीमा क्षेत्रको मुद्दालाई सशक्तरूपमा उठाएको अध्यक्ष धामीले बताए।

यस्तै जिल्लामा रहेका पत्रकारले कोरोना सङ्क्रमणका बेला जिल्लाका पत्रकार अग्रपङ्क्तिमा गएर खटिएको भन्दै पत्रकारको स्वास्थ्य परीक्षण पिसीआर गराउनतर्फ महासङ्घले भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । यस्तै यो अवधिमा खटिएका पत्रकारको बीमा, रेडियो तथा पत्रपत्रिका लकडाउनका कारण समस्यामा परेको भन्दै उनीहरुको नवीकरण रोयल्टीमा छुट, विद्युत् टेलिफोन महसुल छुटलगायतमा महासङ्घले नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले अहिलेको अवस्थामा पत्रकारले सावधानी अपनाएर रिपोर्टिङमा लाग्नुपर्ने बताए। उनले भने, ‘पहिलो सुरक्षा आफ्नै हो, त्यसपछि मात्रै काम गर्ने हो ।’ अहिलेको अवस्थामा लापरवाही गर्न नहुनेमा जोड दिँदै उनले एकसाताभित्रै पत्रकारको बीमा हुने बताए। उनले भने, “प्रदेशभरिका पत्रकारको बीमा एक साताभित्रै हुन्छ, हाल प्रदेशभरि एक हजार पत्रकार क्रियाशील छन् ।
 
यस्तै प्रदेश महासङ्घले जिल्लामा रहेका पत्रकारका लागि चाहिने सुरक्षा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष अर्जुन शाहले पत्रकार महासङ्घ दार्चुला शाखा अध्यक्ष शङ्कर धामीलाई मास्क, स्यानिटाइरज पञ्जालगायतका सुरक्षा सामग्री हस्तान्तरण गरे।
 

मंगलबार, जेठ १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)