शोक प्रस्ताव पारित

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सिंहको ७० वर्षका उमेरमा यही जेठ ९ गते निधन भएको थियो । उनको बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

‘चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’, शोक प्रस्तावमा भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ  । 

राष्ट्रियसभाको आजको बैठकले पनि पूर्वसांसद  चौधरीको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते साँझ ६ः३० बजे बस्नेछ । 

प्रकाशित मिति: : 2020-05-26 17:08:13

प्रतिकृया दिनुहोस्