प्रिमियर लिगका ३ क्लबका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रिमियर लिगका ३ क्लबका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

इंग्लिस प्रिमियर लिगका तीन क्लबका थप चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

तेस्रो चरणको परीक्षण अन्तर्गत सबै क्लबका खेलाडी र पदाधिकारी गरी एक हजार ८ जनाको परीक्षण भएको भएको थियो। त्यसमध्ये चारजनामा पोजिटिभ देखिएको हो। प्रोजेक्ट रिस्टार्टको दोस्रो चरणमा खेलाडीहरु समूहमा प्रशिक्षण गर्ने छन्।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु सुरु गर्नका लागि तयारी भइरहेकाले उपयुक्त समय आएपछि लिग सुरु हुने जनाइएको छ।

अहिलेसम्म लिगका २७ सइ ५२ जनाको परीक्षण भएकोमा १२ जनामा संक्रमण देखिएको छ।
 

प्रकाशित मिति: May 28, 2020 06:49:11

प्रतिक्रिया दिनुहोस