लोकान्तर
म मस्तराम ! म अलपत्रे ! म भुइँफुट्टा ! म भाग्यवादी ! म एकलकाँटे ! आफ्नै मगनमस्त शैली र बोलीमा उच्चाट स्वर लिएर साहित्यिक सभा–सम्मेलनमा आइरहने कवि एवं गीतकार रत्नशमशेर थापा आफूलाई चिनाउनुपर्दा पनि यस्तै निस्फिक्री खालको परिचय दिन्थे ।
नेपाली गीत–संगीत जगतमा रत्नशमशेर थापा भन्नेबित्तिकै जनजिब्रोमा झुन्डिनेदेखि क्वायर र क्यान्टाटाका प्रयोगधर्मी लेखनमा समेत छाएका यिनै गीतकारको बिहीबार दिउँसो निधन भएको छ ।
ढाडको नसा र बाथसम्बन्धी रोगबाट केही वर्षयता ग्रस्त रहेका थापालाई ज्वरो बढ्दै गएपछि गत मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ज्वरोसहित श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंका गरेर बुधबारबाट विशेष निगरानीमा राखिएका ८१ वर्षीय थापाको आइसोलेसन कक्षमै निधन भएको थियो । कोरोना परीक्षणका लागि थापाको स्वाब टेकु जनस्वास्थ्य प्रयोगशाला लगिएकामा रिपोर्ट आइनसकेका कारण थापाको बिहीबार अन्त्येष्टि हुन सकेन । थापाका जेठा छोरा रूपेन्द्रशमशेरका अनुसार तीन महिनाअघि ‘स्पाइनल कर्ड’ को अप्रेसन गरेपछि रत्नको स्वास्थ्यमा जटिलता थपिंदै गएको थियो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया