बिएल संवाददाता
कीर्तिपुर पसेको एक चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
बिहीबार राती करिव १० बजेतिर कीर्तिपुरमा पसेको उक्त चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर जाउलाखेलस्थित चिडियाखानालाई खबर गरेका थिए।
लगतै पुगेको टोलीले स्थानियहरुले तारले बानेर राखेको अवस्थामा रहेको चितुवालाई उद्धार गरेर चिडियाखानामा लगेको हो।
अन्दाजी १० वर्ष जतिको उक्त भाले चितुवालाई अब पर्सा वन्यजन्तु आरक्षमा लगेर छोड्ने तयारी थालिएको चिडियाखानाका भेटेरेनरी डा. राधाकृष्ण घर्तीले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘अहिले यहाँ दुईवटा भाले र पोथी चितुवा छन्। जुन यस्तै उद्धार गरेर ल्याइएको हो। पोथी भएको भए राख्न सकिन्थ्यो तर दुईवटा भाले एकैठाउँमा राख्न नमिल्ने भएका कारण पर्सा पठाउन लागिएको हो,’उनले भने।
उनले लकडाउन भएका कारण पनि चितुवालाई राख्न समस्या हुने बताए।
‘अहिले लकडाउन छ। यहाँ रहेका जनावरलाई खान खुवाउन समस्या छ। त्यसैले अन्यत्र लैजानुको बिकल्प छैन,’उनले भने।
उनका अनुसार एउटा बयस्क चितुवाले दिनमा ३ देखि ५ किलोभन्दा बढी मासु खान्छ। यसको खर्च करिव २ हजारदेखि २५ सयभन्दा बढी हुन जान्छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया